प्रथम पटक प्रकाशित ः २०८०÷०७÷०८ गते
सखीः महिलाको साथी” परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक काममा लगाउन तथा उनीहरुको भावना र अन्र्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरु द्धारा गठन गरिएको एक महिलामैत्री संस्था हो ।
यस संस्थाले MUNDO Cooperante नामक अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा फेटा गाउपालिका वडा नं. १ को भलुही, त्रिवेणी र रजवटिया टोलमा डोम र नटुवा समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच स्थापना गरी उनीहरुको क्षैक्षिक स्तर सुधार गर्न तथा सानो उमेरमा हुने बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले Preventing Early Forced Marriage by Empowering Marginalized Girls and Communities नामक परियोजना संचालन गर्दै आएको छ । सोही परियोजना अन्र्तगत उक्त समुदायका बालबालिकाहरुलाई अतिरिक्त कक्षा गराउन शिक्षकको आवश्यकता भएकोेले इच्छुक नेपाली नागरिकबाट दरखास्तको लागि आह्वाहन गरिन्छ ।
शिक्षक संख्या ः ३ तीन ( भलुही, त्रिवेणी र रजवटिया टोलका लागि १-१ वटा)
तहः प्राथमिक तह
शैक्षिक योग्यताः १० + २ उतीर्ण वा सो सरह ।
उमेर ः १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेका ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु ः १) हस्तलिखित निवेदन
२) नेपाली नागरिकताको प्रमाणपत्र
३) शैक्षिक योग्ताको प्रमाणपत्र
परिक्षाको किसिम ः लिखित तथा अन्र्तवार्ता
पढाउनु पर्ने स्थान ः फेटा गा.पा. १ टोल भलुही , त्रिवेणी र रजवटिया टोलमा समुहमा भएका बालबालिकाहरुलाई प्रत्येक दिन कम्तिमा २ घण्टा अतिरिक्त कक्षा (Tuition ) पढाउनु पर्नेछ ।
दरखास्त आइपुग्ने अन्तिम मिति ः २०८० कार्तिक १४ गते मंगलबार सम्म ।
दरखास्त वा निवेदन दिने स्थान ः हस्तलिखित निवेदन र आवश्यक कागजात सहित संस्थाको कार्यालयमा निवेदन बुझाउनुपर्ने, संस्थाको कार्यालय रहेको स्थाना फेटा गा.पा. वडा नं. १ टोल भलुही वा
संस्थाको इमेल ठेगाना vacancy.shakhibara@gmail.com मा निवेदन तथा सम्पूण कागजात अपलोड गरी पनि दरखास्त दिन सकिनेछ ।
नोट ः दलित, पिछडिएका तथा गरिब परिवारका किशोरी÷महिला तथा स्थानियलाई विशेष ग्राहेता दिईनेछ ।
विशेष जानकारीको लागि सम्र्पक नं. ९८५५०१४८९० वा ९८०२९१४८९० मा सम्र्पक गर्नुहोला ।