सुची दर्ता सम्बन्धी सुचना
सखीः महिलाको साथी परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक काममा लगाउन तथा उनीहरुको भावना र अन्र्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरुद्धारा गठन गरिएको एक महिलामैत्री संस्था हो ।
यस संस्थाले संचालन गर्ने कार्यक्रम तथा परियोजनाहरुका लागि आवश्यक पर्ने वस्तु तथा सेवाहरुको आ.व. २०८१÷०८२ का लागि आवश्यकता अनुसार माग गरिएका बखत उपलब्ध गराउने गरि संस्थामा सुचिकृत हुन चाहने नेपाल सरकारबाट इजाजत प्राप्त उद्योग, फर्म, कम्पनि तथा सेवा प्रदायक संस्था तथा परामर्शदाताहरुले आफनो हालसम्म अद्यावधिक गरिएका इजाजतपत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व.२०७९÷०८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित आफुले दिन सक्ने सेवा र समागी्रहरुको विवरण उल्लेख गरिएको निवेदन यहि मिति २०८१÷०४÷१५ भित्र कार्यालय समयमा सुची दर्ता गराउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
आवश्यक वस्तु तथा सेवाको विवरण
१) खाजा, नास्ता तथा खाना र आवास तथा तालिम हलसहितको सेवा (होटल तथा खाजा नास्ता पसलहरु)
२) स्टेशनरी तथा कार्यालय समागी्रहरु
३) कम्प्युटर, प्रिन्टर,टोनर, आइटी तथा अन्य इलेक्ट्रोनिक्स समागी्रहरु तथा मर्मत
४) छपाई सम्बन्धी सेवाहरु
५) परामर्श सम्बन्धि सेवाहरु
सुची दर्ताका लागि आवश्यक कागजात सहित सोझै सखी महिलाको साथीको कार्यालय फेटा गाँउपालिका वडा नं. १, टोल भलुही वा सखीको इमेल shakhibara@gmail.com मा इमेल पनि गर्नुसक्नुहुनेछ ।
थप जानकारीको लागि सम्र्पक गर्नु परेमा कार्यालयको सम्र्पक नंं. ९७४८३८२७३३ मा सम्र्पक गर्नुहोला ।
