निशुल्क कम्प्युटर कक्षा संचालन बारे सुचना

Shakhi 'Friends of Women'
1 Min Read

यस संस्थाले किशोरीहरुको लागि निशुल्क कम्प्युटर कक्षा संचालन गर्न गइरहेकोले कम्प्युटर सिक्न चाहने इच्छुक किशोरीहरुलाई कक्षामा सहभागिताको लागि यो सुचना प्रकाशित गरिएको छ ।
कम्प्युटर कक्षा संचालन प्र्रत्येक दिन १ घण्टा थिउरी र १ घण्टा प्रेक्टिकल गरि जम्मा दुइ घण्टा संचालन हुनेछ । १ दिनमा जम्मा ४ ब्याच कक्षा संचालन हुने भएकोले आफुलाई अनुकुल पर्ने समयमा कक्षामा सहभागि हुन सकिनेछ ।
कक्षा संचालन हुने समय ( थिउरी तथा प्रेक्टिकल)
ब्याच १ ः विहान ६ बजे देखि ८ बजे सम्म
ब्याच २ ः विहान ७ देखि ९ बजे सम्म
ब्याच ३ ः दिउसो २ देखि ४ बजे सम्म
ब्याज ४ ः दिउसो ४ बजे देखि ६ बजे सम्म
कक्षा मा सहभागि हुनका लागि सखीको कार्यालयबाट कार्यालय समय विहान १० बजे देखि दिउसो ४ बजे सम्म निशुल्क रुपमा उपलब्ध हुने फर्म भरि आफनो सिट सुरक्षित गरौ ।

फर्म बुझाउने अन्तिम मिति ः २०८१ माघ ०४ गते शुक्रबार सम्म ।
नोट ः शूरुवातमा फेटा गा.पा. वाड नं. १ का दलित, पिछडिएका तथा गरिब परिवारका किशोरीलाई विशेष ग्राहेता दिईनेछ ।
विशेष जानकारीको लागि सम्र्पक नं. ९७४८३८२७३३ मा सम्र्पक गर्नुहोला ।

Share This Article
Translate »