सखीः महिलाको साथी परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक काममा लगाउन तथा उनीहरुको भावना र अन्र्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरुद्धारा गठन गरिएको एक महिलामैत्री संस्था हो ।
यस संस्थाको मिति २०८@÷!०÷@% गते बसेको कार्यसमितिको बैठकको निर्णय बमोजिम सखी संस्थाको विद्यान २०७५ बमोजिम साधारण सदस्य विस्तारका लागि यो सुचना प्रकाशित गरिएको छ । ग्रामीण भेगका महिला तथा किशोरीहरुको विभिन्न सवालहरुमा काम गर्न इच्छुक तथा उनीहरुको अधिकारको रक्षाका लागि क्रियाशिल रहेका तपसिल बमोजिमको योग्यता भएका नेपाली महिला तथा किशोरीहरुलाई सदस्यता लागि निवेदन दिन अनुरोध गरिन्छ । सखी संस्थाले तपाईहरूलाई आफ्नो क्षमता विकास गर्न, अधिकारहरूको प्राप्ति र संरक्षणका लागि वकालत गर्न र समावेशी समाज निर्माणमा योगदान पुर्याउन अवसर प्रदान गर्नेछ । तपाईंको सदस्यताले हामीलाई थप सशक्त बनाउनेछ र हाम्रो अभियानलाई अझ व्यापक बनाउनेछ।
साधारण सदस्यताको लागि योग्यता ।
१) १८ वर्ष पुरा भएको नेपाली महिला तथा किशोरी (नागरिकता भएको ) हुनुपर्ने ।
२) महिलाहरुको क्षेत्रमा काम गर्ने इच्छा वा अनुभव भएको ।
३) कुनै पनि फौजदारी अभियोग नलागेको ।
४) महिलाको सवालमा ग्र्रीमिण भेगमा काम गर्न सक्ने ।
५) साधारण सदस्यताको लागि प्रवेश शुल्क ५१/– र सदस्ता शुल्क १०१/– बुझाएको हुनुपर्ने ।
(नविकरण शुल्क प्रत्येक वर्ष ५१/–लाग्नेछ। )
सदस्यताको लागि निवेदन तथा नागरिकताको फोटोकपी सहित सोझै सखी महिलाको साथीको कार्यालय फेटा गाँउपालिका वडा नं. १, टोल भलुही वा सखीको इमेल vacancy.shakhibara@gmail.com मा इमेल पनि गर्नुसक्नुहुनेछ । इमेल गर्दा विषयमा सदस्ता को लागि निवेदन भनेर वा Application for Membership भनेर उल्लेख गर्नुहोला । वा गुगल फर्म मार्फत पनि निवेदन दिन सकिन्छ https://forms.gle/7czAWfW4fVogk8bj6
थप जानकारीको लागि सम्र्पक गर्नु परेमा कार्यालयको सम्र्पक नंं. ९७४८३८२७३३ मा सम्र्पक गर्नुहोला ।
